नेप्सेमा ६४ अंकको वृद्धि, सवा २१ अर्बको काराेबार

अघिल्लो दिनको तुलनामा २.३० प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ८ सय ७७ दशमलव ०३ विन्दुमा उक्लेको हो । अघिल्लो दिनको तुलनामा यो ६४.६९ अंकले बढेको हो ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार साढे ६४ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २.३० प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ८ सय ७७ दशमलव ०३ विन्दुमा उक्लेको हो । अघिल्लो दिनको तुलनामा यो ६४.६९ अंकले बढेको हो ।

सो दिन कारोबारमा आएकामध्ये २४० कम्पनीको मूल्य बढ्यो, २२ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्‌यो ।

बिहीबार कुल १ लाख ९१ हजार २ सय ५१ पटकको सेयर किनबेचमा ५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता सेयर खरिद बिक्री भए । ती किनबेचमा २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो ।

कान्तिपुर

Link copied successfully