हाललाई मुख्य गरी नागढुंगा सुरुङमार्गलाई लक्षित गरी राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।
काठमाडौँ — सडक उपभोग दस्तुरका लागि वाणिज्य बैंकहरुले ‘प्रि–पेड कार्ड’ जारी गर्न पाउने भएका छन् ।
नेपाल सरकारले तोकेको सडक तथा सडक खण्डहरुमा चल्ने सवारी साधनहरुबाट सडक उपभोग दस्तुर (टोल फ्री) संकलन गर्ने प्रयोजनका लागि वाणिज्य बैंकहरुले चिपमा आधारित ‘प्रिपेड ट्याग/कार्ड’ जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
हाललाई मुख्य गरी नागढुंगा सुरुङमार्गलाई लक्ष्यित गरी राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । सडक विभागको आग्रहमा उक्त व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
