वरिष्ठ पल्मोनोलोजिस्ट चोखानी  फ्रन्टलाइन अस्पतालमा

तीन दशकभन्दा बढी चिकित्सकीय अनुभव हासिल गरेका डा. चोखानी श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी रोगको उपचारमा अनुभवी चिकित्सकका रूपमा परिचित छन्।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Senior Pulmonologist at Chokhani Frontline Hospital

What you should know

काठमाडौँ —  फ्रन्टलाइन अस्पतालले वरिष्ठ पल्मोनरी, क्रिटिकल केयर तथा स्लीप मेडिसिन विशेषज्ञ डा. रमेश चोखानीको सेवा अब  फ्रन्टलाइन अस्पतालमा पनी उपलब्ध गराउने भएकाे छ।

काठमाडौंमा तीन दशकभन्दा बढी चिकित्सकीय अनुभव हासिल गरेका डा. चोखानी श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी रोगको उपचारमा अनुभवी चिकित्सकका रूपमा परिचित छन्।

डा. चोखानीले भारतको मौलाना आजाद मेडिकल कलेज, नयाँ दिल्लीबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन्। त्यसपछि उनले वल्लभभाई पटेल चेस्ट इन्स्टिच्युट, नयाँ दिल्लीबाट ट्युबरकुलोसिस तथा छाती रोगमा डिप्लोमा तथा श्वासप्रश्वास रोग र ट्युबरकुलोसिस विषयमा एमडी गरेका छन्।

क्लिनिकल सेवासँगै उनीसँग शैक्षिक क्षेत्रमा समेत महत्वपूर्ण अनुभव रहेको छ। डा‍‍. चोखानीले नेपाल मेडिकल कलेजको मेडिसिन विभागमा प्राध्यापकको रूपमा कार्य गरिसकेका छन्। साथै, उनका अनुसन्धान तथा लेखहरू विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय चिकित्सा जर्नलहरूमा प्रकाशित भएका छन्। यसअघि उनले काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा पनि सेवा प्रदान गरिसकेका छन्।

फ्रन्टलाइन अस्पतालका अनुसार डा. चोखानीको आगमनले विशेषगरी श्वासप्रश्वास, फोक्सोसम्बन्धी रोग, क्रिटिकल केयर तथा स्लीप डिसअर्डरसम्बन्धी उपचार सेवामा थप सुदृढता आउने विश्वास गरिएको छ। उनको अनुभव र विशेषज्ञताबाट अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अझ प्रभावकारी, विशेषज्ञ तथा गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले पछिल्लो समय आफ्नो सेवा तथा सुविधा विस्तार गर्दै आधुनिक प्रविधि र अनुभवी चिकित्सकमार्फत बिरामीलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ।
डा. चोखानीको आबद्धतासँगै फ्रन्टलाइन अस्पतालले फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी उपचार साथै क्रिटिकल केयर  सेवाको गुणस्तर थप सुदृढ गर्दै बिरामी मैत्री तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

कान्तिपुर

Link copied successfully