ट्रेजरी बिलमार्फत सरकारले १९ अर्ब आन्तरिक ऋण उठाउँदै

९१ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ५ अर्ब र ३६४ दिनेमार्फत ९ अर्ब आन्तरिक ऋण उठाउन लागिएको हो ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

Government raising 19 billion rupees in internal debt through Treasury Bills

काठमाडौँ — ट्रेजरी बिलमार्फत सरकारले आज (सोमबार) १९ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलमार्फत उल्लेखित रकम उठाउन लागेको जनाएको हो ।

कार्यालयले उल्लिखित रकममध्ये १४ अर्ब पुरानो (परिपक्व अवधि पूरा भएको) र ५ अर्ब  रुपैयाँ नयाँ गरी कुल १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।

कार्यालयले ९१ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ५ अर्ब र ३६४ दिनेमार्फत ९ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।  

पछिल्लो पटकको बोलकबोलमा ९१ दिने ट्रेजरी बिलमा २.५७ प्रतिशत र ३६४ दिनेमा २.५६ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.७५ प्रतिशत र सबैभन्दा कम २.२४ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

कान्तिपुर

Link copied successfully