अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग बिदाइ भेट गरेका हुन् ।
काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले ३ नियामक निकायका नेतृत्वसँग बिदाई भेट गरेका छन् ।
खनालले सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग बिदाइ भेट गरेका हुन् ।
भेटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीको रुपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउन नियामक निकायले राम्रो खेलेको भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए ।
उक्त अवसरमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण बताएका थिए । नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनले काम गरेको उनीहरूको भनाइ थियो ।
