चुक्ता पुँजी ५० करोड रहेको कस्तुरी फर्मास्युटिकल्सले संस्थापक सेयरधनीहरुमा १४ रुपैयाँको सेयर जारी गर्न लागेको छ ।
काठमाडौँ — कस्तुरी फर्मास्युटिकल्सको प्राथमिक निष्काशन (आईपीओ)को निष्कासनकर्ता तथा बिक्री प्रबन्धकमा रिलायवल क्यापिटल नियुक्त भएको छ । यसका लागि कस्तुरी फर्मास्युटिकल्स र रिलायवल क्यापिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
चुक्ता पुँजी ५० करोड रहेको कस्तुरी फर्मास्युटिकल्सले संस्थापक सेयरधनीहरुमा १४ रुपैयाँको सेयर जारी गर्न लागेको छ । यस्तै, सर्वसाधारणका लागि १६ करोडको १६ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ । जसका लागि यही चैत १५ भित्र धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिन लागेको छ । तत्पश्चात् कम्पनीको कुल चुक्ता पुँजी ८० करोड हुनेछ । यस कार्यका लागि रिलायवल क्यापिटल इनभेष्टमेन्ट एण्ड मर्चेन्टलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
आईपीओका लागि कम्पनीले इन्फोमेरिक्स नेपालसँग क्रेडिट रेटिङ गराइसकेको छ । जसमा र बीबी माइनस रेटिङ कम्पनीले प्राप्त गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय अवस्था सुदृढ र जोखिम न्युन रहेको देखाउँछ ।
भरतपुर चितवनमा प्रथम औषधि उद्योगको रुपमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स लि.ले विगत १३ वर्षदेखि औषधि उत्पादन गरिरहेको छ । करिब १ बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको उद्योगले औषधि उत्पादन गरी देशभरिकै बिक्री डिपोहरुमा आफ्नो औषधि पठाइरहेको छ । यस कम्पनीले हाल १८२ भन्दा बढी औषधिहरुको उत्पादन अनुमति लिएको छ भने १२५ भन्दा बढी औषधिहरु बजारमा बिक्री गरिरहेको छ ।
