कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्यो, १३० कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले बढेको छ । शून्य दशमलव १५ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक २ हजार ८ सय २४ दशमलव ९० विन्दुमा उक्लिएको हो ।
कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्यो, १३० कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
होटल तथा पर्यटन, लगानी, जीवन बिमा र सामुहिक लगानी कोष उपसमूहको मूल्य घट्यो । व्यापार, विकास बैंक, बैंकिङ, उत्पादन तथा प्रशोधनलगायत उपसमूहको मूल्य बढ्यो ।
कुल १ लाख २४ हजार ४ सय ९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती किनबेचमा ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच भए ।
आज सोलु हाइड्रोपावरको सेयर मूल्य एकैपटक १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो ।
