पूर्वी नाकाबाट ठूलो परिमाणमा ग्यास र पेट्रोलियम पदार्थ भित्रियो

भारतबाट आयात गरिने पेट्रोलियम पदार्थ काँकडभिट्टा नाका हुँदै भित्रिने क्रम नियमित रूपमा जारी रहेको मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जनाए ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Large quantities of gas and petroleum products entered through the eastern border

विराटनगर — काँकडभिट्टा नाकाबाट दुई दिनमा ठूलो परिमाणमा इन्धन र ग्यास भित्रिएको छ ।

मेची भन्सार कार्यालयका अनुसार दुई दिनमा १ हजार १ सय ९१ किलो लिटर पेट्रोल र ८ सय २१ किलो लिटर डिजेल भित्रिएको हो । त्यसैगरी १ लाख ४१ हजार किलो एलपीजी ग्यास पनि भित्रिएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार सोही अवधिमा ठूलो मात्रामा हवाई इन्धन र मट्टीतेलसमेत आयात गरिएको छ ।

भारतबाट आयात गरिने पेट्रोलियम पदार्थ काँकडभिट्टा नाका हुँदै भित्रिने क्रम नियमित रूपमा जारी रहेको मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जनाए ।

कान्तिपुर

Link copied successfully