सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँ र चाँदीको २२५ रुपैयाँले घटेको हो ।
काठमाडौँ — आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँ र चाँदीको २२५ रुपैयाँ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन तीन लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ मा कारोबार भएको थियो । बिहीबार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार र चाँदी पाँच हजार ५१५ मा कारोबार भएको थियो ।
गत बुधबार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
