८ महिनामा साढे ७ खर्ब राजस्व संकलन

फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सरकारले राखेको थियो ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

7.5 trillion rupees revenue collected in 8 months

काठमाडौँ — चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुनसम्म)मा ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो सोही महिनासम्मको मासिक लक्ष्यको ८२.६० प्रतिशत हो । फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सरकारले राखेको थियो ।

यस्तै, फागुनमा मात्र ८२ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो फागुन महिनाको लक्ष्यको ८५.४६ प्रतिशत हो । सरकारले फागुन महिनामा ९६ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो ।

यसवर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेको थियो ।

कान्तिपुर

Link copied successfully