अर्थमन्त्रीसँग निजी क्षेत्रको छलफल

मुलुकको समग्र विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको र त्यसका लागि हालै सम्पन्न निर्वाचनले दिएको नतिजाप्रति निजी क्षेत्र आशावादी रहेको विचार निजी क्षेत्रको धारणा छ ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

Private sector discussion with Finance Minister

काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रका छाता संगठनका पदाधिकारीसँग छलफल गरेका छन् । छलफलमा नेपालमा उद्योग वाणिज्य क्षेत्रका समस्या, लगानी वातावरणलगायत विषयमा विमर्श गरिएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री खनालले निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारीसँग समसामयिक–आर्थिक विषयमा छलफल गरेका हुन् ।

आफ्नो कार्यकालका प्रारम्भिक दिनमा जेन–जी आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र खस्किएको निजी क्षेत्रको मनोबल उठाउने प्रमुख चुनौती रहेकामा सबैको साझा प्रयासबाट ती समस्या समाधान भई हाल व्यावसायिक वातावरणमा सुधार आएको अर्थमन्त्री खनालले बताए ।

मुलुकको समग्र विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको र त्यसका लागि हालै सम्पन्न निर्वाचनले दिएको नतिजाप्रति निजी क्षेत्र आशावादी रहेको विचार निजी क्षेत्रको धारणा छ । वर्तमान सरकारले निर्वाचनका लागि भयरहित वातावरण निर्माण गरी निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराएकाले मुलुकमा लगानी वातावरण सुधार हुने उनीहरूको भनाइ छ ।

कान्तिपुर

Link copied successfully