सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १४ हजार २ सय कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ४ सय ९५ निर्धारण भएको छ ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

A slight decline in the price of gold and silver

काठमाडौँ — बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य २ हजार ८ सय रुपैयाँले र चाँदीको मोल २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख १४ हजार २ सय कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ४ सय ९५ निर्धारण भएको छ । 

हिजो बिहीबार एक तोला सुन ३ लाख १७ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ५ सय १५ मा कारोबार भएको थियो । गत बुधबार ३ लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७ सय २० निर्धारण भएको थियो । 

गत मंगलबार छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार ७ सय २० निर्धारण भएको थियो । सोमबार एक तोला सुन ३ लाख १३ हजार २ सय र त्यति नै परिमाणको सेतो धातु ५ हजार ४ सय १० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १ सय १८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully