दुई दिन घटेको नेप्से आज २३.८७ अंकले बढ्यो

होटल तथा पर्यटन, नीर्जिवन बिमा र अन्य उपसमूहबाहेक सबै उपसमूह बढेका छन् ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Nepse, which fell for two days, rose by 23.87 points today

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २३.८७ अंकले वृद्धि भएको छ । शून्य दशमलव ८५ प्रतिशतले वृद्धि भएपछि नेप्से २ हजार ८ सय २० दशमलव ४४ विन्दुमा उक्लिएको हो । 

बुधबार ४६.७८ र मंगलबार ३२.०८ अंकले घटेको थियो । साताको अन्तिम कारोबार दिन २३.८७ अंकले वृद्धि भएको हो । 

कारोबारमा आएका १७६ कम्पनीको सेयर मूल्य बढ्यो, ७७ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । 

होटल तथा पर्यटन, नीर्जिवन बिमा र अन्य उपसमूहबाहेक सबै उपसमूह बढे । होटल तथा पर्यटन २६.७७, नीर्जिवन बिमा ४.६५ र अन्य उपसमूह १७.८० अं‌कले घटेको छ ।

कुल १ लाख ३० हजार १५ पटकको सेयर कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा ४ करोड १६ लाख ८६ हजार ४ सय ५ कित्ता सेयर किनबेच भए । 

कान्तिपुर

Link copied successfully