त्रिशूलीमा ३ दिने अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महोत्सव सम्पन्न

३ दिनसम्म त्रिशूली नदीमा चलेको विभिन्न प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले नगदसहितको पुरस्कार एवं उपाधि जितेका छन् ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

3-day international rafting festival concludes in Trishuli

काठमाडौँ — नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर र्‍याफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज बिहीबार सम्पन्न भएको छ ।

३ दिनसम्म त्रिशूली नदीमा चलेको विभिन्न प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले नगदसहितको पुरस्कार एवं उपाधि जितेका छन् ।

कायक म्यान्डेटरी रन विधामा रविन्द्र चेपाङ प्रथम हुँदै १ लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भए । यसै विधामा डम्मरबहादुर पूर्वाछाने दोस्रो, जेसन गुरुङ तेस्रो र रविन गुरुङ चौथो भए ।

कायक स्प्रिन्ट विधामा जेसन गुरुङ प्रथम भए भने रविन्द्र चेपाङ दोस्रो, केशव घर्तीमगर तेस्रो र कृष्ण खड्का चौथो बने । कायक क्रस प्रतिस्पर्धामा डम्मरबहादुर पूर्वाछाने प्रथम भए । यसै विधामा रविन्द्र चेपाङ दोस्रो, सुरेन्द्र चेपाङ तेस्रो र मोहन रानाले चौथो स्थान प्राप्त गरे ।

त्यसैगरी १० किलोमिटरको राफ्ट रेसमा प्याडल नेपाल पहिलो हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भयो । यस विधामा जलदेवी एड्भेन्चर दोस्रो, नेपाल कायक क्लब तेस्रो र र्‍याफ्टिङ एड्भेन्चर नेपाल चौथो भएका छन् । राफ्ट रेसमा कुल ११ टोली सहभागी थिए ।

कान्तिपुर

Link copied successfully