माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत रहेको थियो ।
काठमाडौँ — उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार मूल्य (उपभोक्ता मुद्रास्फीति) गत माघमा ३.२५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१६ प्रतिशत रहेको थियो ।
माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मूल्य वृद्धिदर १.९२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको औसत मूल्य वृद्धिदर ४.८६ प्रतिशत रहेको थियो । यस्तै गत माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३, घ्यू तथा तेलको ७.६१, र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । तर, दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.९८, शिक्षाको ७.४६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०८ प्रतिशतले घटेको छ ।