सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ भने चाँदी मोल स्थिर छ ।

फाल्गुन २७, २०८२

रासस

Gold prices rise, silver remains stable

काठमाडौँ — आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ भने चाँदी मोल स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको छ । 

हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य  पाँच हजार ७२० निर्धारण भएको थियो । सोमबार एक तोला सुन  तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully