स्थानीय बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ ।
काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा ३ हजार ८ सय र चाँदी ३१० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ३ लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको ५ हजार ७२० निर्धारण भएको छ । हिजो सोमबार एक तोला ३ लाख १३ हजार २सय र त्यति नै परिमाणको सेतो धातु ५ हजार ४१० मा कारोबार भएको थियो ।
