अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थाल्यो

सुरुवाती बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.२६ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ८३.९९ डलर पुगेको छ । अहिले ८४ डलरमा कारोबार भइरहेको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Crude oil prices have started to rise in the international market.

काठमाडौँ — इरानसँगको बढ्दो अमेरिका-इजरायल युद्धका कारण बिहीबार सुरुवाती कारोबारमा तेलको मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

तेल र ग्यास आपूर्तिमा लामो समयसम्म अवरोध पुग्ने डर बढेसँगै मूल्य वृद्धिको क्रमलाई थप बढाएको छ । ब्रेन्ट क्रुडको मूल्य ३.२६ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ८३.९९ डलर पुगेको छ । अहिले ८४ डलरमा कारोबार भइरहेको छ । 

पश्चिम एसियामा भएका आक्रमणहरू पश्चात आपूर्तिमा उत्पन्न भइरहेका जोखिमहरूको सामना गरिरहँदा कच्चा तेलको बजार चिन्तित अवस्थामा रहेको छ । इरान–इजरायल युद्धका कारण ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग ठप्पप्रायः छ । त्यसकारण उल्लिखित देशले कच्चा तेलका लागि वैकल्पिक विकल्प खोज्न थालिसकेका छन् । 

‘स्ट्रेट अफ हर्मुज’ इरान र ओमानबीचको जलमार्ग हो । यसले खाडीलाई अरब सागरसँग जोड्छ । विश्वको कुल तेल खपतको २० प्रतिशत बराबरको तेल ढुवानी गर्ने ट्यांकर साउदी अरब, इराक, इरान, यूएई, कुवेत, कतालगायत उत्पादकका कार्गोले समेत यही मार्ग प्रयोग गर्छन् । 

भारतको कच्चा तेल आयातको दिनहुँ २५ देखि २७ लाख ब्यारेल ‘स्ट्रेट अफ हर्मुज’ भएर आउने भारतको इकोनमिक्स टाइम्समा उल्लेख छ । मुख्यतया इराक, साउदी अरब, यूएई र कुवेतबाट आयात हुने तेलसमेत ‘स्ट्रेट अफ हर्मुज’ हुँदै आउँछ । इन्धनका लागि नेपाल पूर्णरुपमा भारतमा निर्भर छ ।

कान्तिपुर

Link copied successfully