नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
काठमाडौँ — बुधबार सुनको भाउ तोलामै ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार भने सुनको भाउ ३ लाख २८ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि २७५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको भाउ ५ हजार ५ सय ४० कायम भएको छ ।
