कुल ५५ हजार २ सय ६ पटकको किनबेचमा ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १९.२७ अंकले बढेको छ । शून्य दशमलव ७२ प्रतिशतले वृद्धि भएको नेप्से २ हजार ६ सय ७४ दशमलव २० विन्दुमा उक्लिएको छ ।
कारोबारमा आएका मध्ये १८७ कम्पनीको सेयर मूल्य बढ्यो, ६४ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारमा आएका सबै उपसमूहहरु बढ्यो ।
कुल ५५ हजार २ सय ६ पटकको किनबेचमा ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच भए ।
सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो । बाराही हाइड्रोपावर पब्लिकको ६.७४, एनआईबीएल ग्रोथ फन्डको ६ र गुडविल फाइन्नासको ३.६२ प्रतिशतले सेयर मूल्य बढ्यो ।
हिमस्टार ऊर्जा कम्पनीको ४.१६, र कर्पोरेट विकास बैंकको ३.६१ प्रतिशतले सेयर मूल्य घट्यो ।
