सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढ्यो

सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Gold price increases by Rs 5,600 per tola

काठमाडौँ — सुनको मूल्य आइतबार तोलामा ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ । सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी पनि प्रतितोला २ सय ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । अहिलेसम्मको सबैभन्दा उच्च मूल्य गत माघ १५ मा सुनको मूल्य प्रतितोला  ३ लाख ३९ हजार रुपैयाँ र चाँदीको भाउ रु ७ हजार ५ सय ५ रुपैयाँ  पुगेको थियो ।

पश्चिम एसियामा जारी तनावका कारण सोमबार मूल्य अझै बढ्न सक्ने अपेक्षा गरिएको जानकारहरु बताउँछन् ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ५,२७८ अमेरिकी डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुले ‍भूराजनीतिक अस्थिरताप्रति बढ्दो चिन्तालाई प्रतिबिम्बित गर्ने जानकारहरु बताउँछन् । यसैबीच, सम्भावित आपूर्ति अवरोधका कारण कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान गरिएको छ।

कान्तिपुर

Link copied successfully