नेपाल एयरलाइन्सका दुबई र दोहाका उडानहरू पनि रद्द

एयरलाइन्सले शनिबार साँझ जारी गरेको सूचनाअनुसार, आरए २२९/२३० (काठमाडौं–दुबई–काठमाडौं) र आरए २३९ (काठमाडौं–दोहा–काठमाडौं) उडानहरू फेब्रुअरी २८ र मार्च १, २०२६ का लागि अर्को सूचना नआउन्जेलसम्म रद्द गरिएको जनाएको छ ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

Nepal Airlines flights to Dubai and Doha also canceled

काठमाडौँ — नेपाल एयरलाइन्सले मध्यपूर्व क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै आफ्ना केही निर्धारित अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएको जनाएको छ ।

एयरलाइन्सले शनिबार साँझ जारी गरेको सूचनाअनुसार, आरए २२९/२३० (काठमाडौं–दुबई–काठमाडौं) र आरए २३९ (काठमाडौं–दोहा–काठमाडौं) उडानहरू फेब्रुअरी २८ र मार्च १, २०२६ का लागि अर्को सूचना नआउन्जेलसम्म रद्द गरिएको जनाएको छ । 

दमाम गन्तव्यतर्फका उडानहरूको अवस्थाबारे भने छिट्टै अद्यावधिक जानकारी सार्वजनिक गरिने नेपाल एयरलाइन्सले जनाएको छ ।

उडान पुनः सञ्चालनसम्बन्धी अद्यावधिक जानकारीका लागि यात्रुहरूलाई एयरलाइन्सको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमित रूपमा जानकारी लिन आग्रह गरिएको छ । 

टिकट खरिदका क्रममा उपलब्ध गराइएको इमेल ठेगानामार्फत पनि उडानसम्बन्धी सूचना पठाइने वायुसेवाले बताएको  छ ।

कान्तिपुर संवाददाता

Link copied successfully