चाँदीको मूल्यमा भने केही वृद्धि भएको छ ।
काठमाडौँ — आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य ५ सयले घटेको छ भने चाँदीको १५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९ सय र एक तोलाको चाँदीको ५ हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन ३ लाख १५ हजार ४ सय र एक तोला चाँदीको मोल ५ हजार ७२५ निर्धारण भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९ सय र एक तोला चाँदीको ५ हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५ सय र एक तोला चाँदी ५ हजार ५९५ मा खरिदबिक्री भएको थियो ।
