नेप्से ६ अंकले बढ्यो, कारोबार रकम घट्यो

यससँगै समग्र नेप्से २ हजार ६ सय ५४.९३ अंकमा पुगेको छ ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 6 points, trading volume decreases

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.०३ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर २ हजार ६ सय ४८.९० अंकमा बन्द भएको नेप्से बिहीबार थप ६.०३ अंकले उकालो लागेको हो ।

यससँगै समग्र नेप्से २ हजार ६ सय ५४.९३ अंकमा पुगेको छ ।

बिहीबार कारोबारमा आएकामध्ये १३७ कम्पनीको सेयर मूल्य बढ्यो, ११८ कम्पनीको मूल्य घट्यो । बाँकी ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

सो दिन कुल ४४ हजार २ सय ४ पटकको सेयर कारोबारमा १ करोड ५३ हजार १ सय ४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधबार सेयर बजारमा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र सामूहिक लगानी कोषको परिसूचक घटे । बाँकी ९ उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेमा ६ अंकको वृद्धि भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully