आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ र एक तोला चाँदीको मोल ५ हजार ७ सय १५ रुपैयाँ निर्धारण भएको छ ।
काठमाडौँ — आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँ र एक तोला चाँदीको मोल ५ हजार ७ सय १५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८ सय र एक तोला चाँदीको मोल ५ हजार ५ सय ८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५ सय र एक तोला चाँदी ५ हजार ५ सय ९५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
