आइतबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्यो, २२० कम्पनीको मूल्य घट्यो । बाँकी ७ कम्पनीको स्थिर रह्यो ।
काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार साढे २७ अंकले घटेर बन्द भएको छ । गत मंगलबार करिब २१ अंकले घटेर २ हजार ६ सय ४२.१५ अंकमा बन्द भएको नेप्से आइतबार २७.५९ अंकले घटेको हो ।
अघिल्लो काराेबार दिनको तुलनामा १.०४ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय १४.५५ अंकमा ओर्लेर बन्द भएको छ । गत साता सार्वजनिक बिदाका कारण सोमबार र मंगलबार दुई दिन मात्र सेयर बजार खुलेको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्यो, २२० कम्पनीको मूल्य घट्यो । बाँकी ७ कम्पनीको स्थिर रह्यो ।
सो दिन कुल ७२ हजार १ सय ४ पटकको सेयर कारोबारमा १ करोड ५९ लाख ८९ हजार ४ सय ३० कित्ता किनबेच भए । किनबेचमा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत मंगलबार सेयर बजारमा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घट्न दबाब पुगेको हो ।
