सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढ्यो

चाँदीको मूल्य पनि प्रतितोला ३ सय ७५ रुपैयाँ वृद्धि भएको छ ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

Gold price increases by Rs 5,600 per tola

काठमाडौँ — स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । त्यस्तै चाँदीको प्रतितोला ३ सय ७५ रुपैयाँ बढेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला ३ लाख १० हजार  ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ५ हजार ५० रूपैयाँमा कारोबार भएकामा आज ५ हजार ४ सय २५ रुपैैयाँमा किनबेच भइरहेको छ ।

कान्तिपुर

Link copied successfully