आयात र निर्यात बढेसँगै व्यापार घाटा पनि १०.९१ प्रतिशतले वृद्धि भएको छ । कुल व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख ८९ हजार पुगेको छ ।
काठमाडौँ — चालु आर्थिक वर्षको ७ महिनामा आयात १३.६५ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार निर्यात ३२.१९ प्रतिशत वृद्धि भएको छ ।
आयात र निर्यात बढेसँगै व्यापार घाटा पनि १०.९१ प्रतिशतले वृद्धि भएको छ । कुल व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख ८९ हजार पुगेको छ ।
चालु आर्थिक वर्षको सात महिनामा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।