तीन महिनाका लागि बजारबाट ४० अर्ब झिकिँदै

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

40 billion being withdrawn from the market for three months

What you should know

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लेखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ८९ दिनका लागि ४० अर्ब रुपैयाा झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो । गत आइतबार सार्वजनिक विदा भएकाले झिकेन । यही कारण नियमित दिनभन्दा फरक (मंगलबार) बजारबाट पैसा झिक्न लागेको हो । केही साताअघि दुई साता राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट पैसा झिक्न थालेपछि निक्षेप संकलन औजार जारी भएको थिएन । त्यसपछि भने नियमित रुपमा सातामा दुई पटक निक्षेप संकलनमार्फत बजारबाट पैसा झिकिरहेको छ ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयााले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाा झिक्न लागेको छ ।

कान्तिपुर

Link copied successfully