बिहीबार कुल १ लाख ६ हजार १८ पटकको सेयर कारोबारमा २ करोड ७७ लाख ८० हजार ५ सय ५४ कित्ता सेयर किनबेच भए ।
काठमाडौं — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से करिब ९ अंकले बढेर बन्द भएको छ । गत आइतबारदेखि बुधबारसम्म नेप्से निरन्तर घटेको थियो ।
अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से ८.९७ अंकले बढेर २ हजार ६ सय ७१.०७ विन्दुमा पुगेर बन्द भएको हो । बुधबारको तुलनामा बिहीबार नेप्से ०.३३ प्रतिशतले बढेको हो ।
सो दिन कारोबारमा आएकामध्ये १३९ कम्पनीको सेयर मूल्य बढ्यो, ११५ कम्पनीको मूल्य घट्यो । बा“की ६ कम्पनीको स्थिर रह्यो ।
बिहीबार कुल १ लाख ६ हजार १८ पटकको सेयर कारोबारमा २ करोड ७७ लाख ८० हजार ५ सय ५४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार सेयर बजारमा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापारको परिसूचक घटे । बाँकी सबैको परिसूचक बढेपछि समग्र नेप्से करिब ९ अंकले बढेको हो ।
