तोलामा सयले घट्यो सुनको मूल्य

चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । 

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने ५० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५ सय र एक तोला चाँदीको ५ हजार ३४० कायम भएको छ । 

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय र एक तोला चाँदी ५ हजार २९० कायम भएको थियो । गत मंगलबार प्रतितोला सुन ३ लाख ५ हजार ५ सय र एक तोला चाँदीको ५ हजार २४० कायम भएको थियो । 

कान्तिपुर

Link copied successfully