सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० कायम भएको छ ।

माघ २८, २०८२

रासस

काठमाडौँ — स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढेको छ। त्यस्तै चाँदीको प्रतितोला ५० रुपैयाँ बढेको छ।

योसँगै छापावाल सुन प्रतितोला  तीन लाख छ हजार ६०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० कायम भएको छ । 

मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully