नेप्से १०.२५ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्यो भने १७९ कम्पनीको मूल्य घट्यो ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

NEPSE drops 10.25 points, trading volume also declines

काठमाडौं — सेयर कारोबार नेप्से परिसूचक मंगलबार १०.२५ अंकले घटेको छ । अघिल्लो दिन २६.०५ अंकले घटेको नेप्सेमा मंगलबार थप दोहोरो अंकको गिरावट आएको हो ।

अघिल्लो दिनको तुलनामा ०.३४ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६२.१४ विन्दुमा झरेर बन्द भएको छ ।

कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्यो भने १७९ कम्पनीको मूल्य घट्यो । बाँकी ७ कम्पनीको स्थिर रहयो ।

मंगलबार कुल ८९ लाख ८ सय ३६ पटकको सेयर किनबेचमा २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ६१ र्ब ६४ करोड रुपैयाा बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार सेयर बजारमा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामुहिक लगानी कोष र व्यापार बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घट्न दबाब पुगेको हो ।

कान्तिपुर

Link copied successfully