बढ्यो सुनचाँदीको भाउ

महासंघका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय पुगेको छ ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

The price of gold and silver has increased.

काठमाडौँ — नेपाली बजारमा सोमबार फेरि सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य बढेको हो ।

महासंघका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४  हजार ६ सय पुगेको छ ।

साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला २ सय ४० रुपैयाँले बढेर ५ हजार २ सय ५० मा कारोबार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully