'यस प्रक्रियामा केन्द्रीय बैंकको नीतिगत भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ ।'
काठमाडौँ — नेपालका बैंकहरू व्यवसायका लागि ऋण प्रवाह गर्न सकरात्मक र खुला हुँदै गएको सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।
कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको पहिलो दिनको अन्तिम सत्र 'अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना' मा बोल्दै उनले बैंकहरू उद्योग र व्यवसायका लागि ऋण प्रवाह गर्न सकारात्मक भनाइ राखे ।
'हाल बैंकहरू नयाँ व्यावसायिक अवसरमा ऋण प्रवाह गर्न अझ धेरै सकारात्मक र खुला भएका छन् । यस प्रक्रियामा केन्द्रीय बैंकको नीतिगत भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ,' उनले भने ।
