सुनको मूल्य बढेर फेरि तीन लाखमाथि पुग्यो

आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ७१० कायम भएको छ ।

माघ २५, २०८२

रासस

Gold prices rise again, surpassing three lakh rupees

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य  पाँच हजार १० कायम भएको छ । 

शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदी  चार हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो । 

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको थियो भने मंगलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच  भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

रासस

Link copied successfully