सम्मेलनको पहिलो सत्र ‘ट्रस्ट एज कोल्याट्रल’ विषयमा बोल्दै ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेलले कर्जा प्रवाहमा परम्परागत घर–जग्गा धितोभन्दा व्यवसायको प्रकृति, क्यास-फ्लो र विश्वसनीय वित्तीय डेटाको महत्त्व बढ्दै गएको बताए ।
What you should know
काठमाडौँ — परम्परागत अकाउन्टिङ प्रक्रियालाई प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
‘टिगकन-२०२६’ सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रणालीलाई डिजिटल प्रविधिमार्फत कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा लेखा व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साना तथा मझौला व्यवसायी, प्रविधि कम्पनी तथा डिजिटल इकोसिस्टमका प्रतिनिधिहरूले अनुभव आदन-प्रदान गरे ।
सम्मेलनको पहिलो सत्र ‘ट्रस्ट एज कोल्याट्रल’ विषयमा बोल्दै ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेलले कर्जा प्रवाहमा परम्परागत घर–जग्गा धितोभन्दा व्यवसायको प्रकृति, क्यास-फ्लो र विश्वसनीय वित्तीय डेटाको महत्त्व बढ्दै गएको बताए ।
डिजिटल अकाउन्टिङ प्रणालीमार्फत सुरक्षित रूपमा साझा हुने रियल-टाइम वित्तीय डेटाले बैंकलाई छिटो र तथ्यमा आधारित निर्णय लिन सहयोग पुगेको उनको भनाइ थियो । यसले विशेषगरी साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तार गर्न मद्दत गर्ने उनले उल्लेख गरे।
दोस्रो सत्रमा चार्टर्ड अकाउन्टेन्ट अरूण राउतले अकाउन्टिङ फर्महरूको भूमिका कर र अडिटमा मात्र सीमित नराखी व्यवसायको दिगो विकास र रणनीतिक निर्णयमा समेत केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । लाइभ बैंक स्टेटमेन्ट, अटोमेटेड रिकन्सिलेसनजस्ता प्रविधिले अकाउन्टिङ कार्यलाई छिटो, सहज र त्रुटिरहित बनाइरहेको उनको भनाइ थियो ।
तेस्रो सत्रमा रारा ल्याब्सका संस्थापक मनोज घिमिरेले एआईजस्ता प्रविधिले अकाउन्टिङ र अडिट प्रक्रियामा ल्याइरहेको परिवर्तनबारे चर्चा गरे । ‘एआईले दोहोरिने र झन्झटिला कामहरू स्वचालित बनाउँदै जान्छ, भविष्यमा अडिट पनि रियल–टाइम हुनेछ, जसका कारण व्यवसायको अवस्था बुझ्न वर्ष दिन कुर्नु पर्दैन,’ उनले भने, ‘प्रविधिले धेरै काम स्वचालित बनाउँदा मानिसको भूमिका नैतिकता, जिम्मेवारी र निर्णय प्रक्रियामा अझ केन्द्रित हुनेछ ।’
