आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार कायम भएको छ ।
काठमाडौँ — आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७१० कायम भएको छ ।
बिहीबार सुनको मूल्य २ लाख ९५ हजार २ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९८० कायम भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ६ सय कायम भएको थियो । गत मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९० हजार ३ सय र त्यति नै परिमाणको चाँदीको ५ हजार ३३५ कारोबार भएको थियो ।
