अवान्छित मूल्य वृद्धिलाई नियन्त्रण गरी बजारलाई प्रतिस्पर्धी र बजार स्वच्छता कायम गर्न खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरुलाई वोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वभाविक मूल्य वृद्धिलाई समायोजन गरि उपभोक्तालाई राहत दिन निर्देशन दिएको हो ।
What you should know
काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तु खानेतेल, ग्यास र चामल लगायतका अत्यावस्यक वस्तुको स्वभाविक मूल्य वृध्दिलाई समायोजन गरि उपभोक्तालाई राहत दिन निर्देशन दिइएको छ ।
विभागले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै खाद्यान्न तथा तेल उत्पादन गर्ने उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
'अवान्छित मूल्य वृद्धिलाई नियन्त्रण गरी बजारलाई प्रतिस्पर्धी र बजार स्वच्छता कायम गर्न खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरुलाई वोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वभाविक मूल्य वृद्धिलाई समायोजन गरि उपभोक्तालाई राहत दिन निर्देशन दिइएको,' विज्ञप्तीमा उल्लेख छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ वमोजिम उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्न विभाग सधै प्रयत्नशील र प्रतिबद्ध विभागले जनाएको छ ।
'विगत केही समय देखी दैनिक उपभोग्य वस्तु खानेतेल, ग्यास र चामल लगायतका अत्यावश्यक वस्तुमा अस्वाभाविक मूल्य वृद्धि तथा आपूर्तिमा कमी भएको भनि उपभोक्तास्तर र सार्वजनिक संञ्चारमाध्यममा आएका गुनासाहरुका सम्बन्धमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ,' विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
उपभोक्ताहरुलाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, बिक्रेता, पैठारीकर्ता, संञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानहरूमा निरन्तर रुपमा अन्य सक्षम निकायको समेत सहयोग लिई संयुक्त अनुगमन गरि बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउने गरी कार्यसम्पादन गरिरहेको विभागले भनेको छ । कानून विपरितका कार्य गर्ने केही फर्महरुलाई कानून बमोजिम दण्ड जरिवाना समेत गरिने चेतावनी दिएको छ ।
