स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड

महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल उद्योग परिसंघद्वारा गरिएको स्वागत कार्यक्रममा उनीहरुले आपसी सहमति गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Emphasis on increasing consumption of domestic products

काठमाडौँ — स्वदेशी उत्पादनहरुको उपभोग बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई नेपाल उद्योग परिसंघद्वारा गरिएको स्वागत कार्यक्रममा उनीहरुले आपसी सहमति गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससागै समग्र आर्थिक विकासका लागि गहन रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । ‘परिसंघले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको छ । अब परिसंघ र महिला उद्यमी महासंघबीच गहन रुपमा सहकार्य गर्नुपर्छ ।’

महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताइन् । महासंघ परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा सहकार्यका क्षेत्रलगायतका विषयमा छलफल भएका थिए । कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, परिसंघका महानिर्देशक घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।

कान्तिपुर

Link copied successfully