नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन सहकार्य आवश्यक रहेको बताए ।
काठमाडौँ — महिला उद्यमी महासंघ नेपालको अध्यक्षमा दर्शना श्रेष्ठ चयन भएकी छन् । नेपाल उद्योग परिसंघले महासंघका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई तथा स्वागत गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन सहकार्य आवश्यक रहेको बताए ।
स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै उनले परिसंघले ‘मेक इन नेपाल’ स्वदेशी अभियान सञ्चालन गरिरहेको जानकारी दिए । परिसंघ र महिला उद्यमी महासंघबीच आगामी दिनमा घनिष्ठ सहकार्य हुने उनले बताए ।
महासंघकी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महिला उद्यमशीलताको प्रवर्द्धनका लागि सहकार्य अपरिहार्य रहेको बताइन् । महासंघ र परिसंघबीच विभिन्न क्षेत्रमा सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।