३ दिनमा ५२ हजार ७ सयले घट्यो सुनको मूल्य, आजको भाउ कति?

आज सुनको मूल्य २ लाख ८६ हजार ६ सय कायम भएको छ ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

The price of gold has dropped by 52,700 in 3 days, what is the price today?

काठमाडौँ — आज पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ८६ हजार ६ सय कायम भएको छ ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ५ हजार ५ सयमा कारोबार भएको चाँदी आज ५ हजार २ सयमा कारोबार भइरहेको छ । 

माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन प्रतितोला ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । सुनको मूल्य तोलामा ३ दिनमा ५२ हजार ७ सयले घटेको हो ।

कान्तिपुर

Link copied successfully