विदेशी मुद्रा सञ्चिति साढे ३२ खर्ब नाघ्यो, २१ प्रतिशतको वृद्धि

गत असार मसान्तको तुलनामा यो २१.१ प्रतिशतको वृद्धि हो ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Foreign exchange reserves exceed 3.25 trillion, an increase of 21 percent

काठमाडौँ — गत पुस मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब साढे ३२ खर्ब रुपैयाँ पुगेको छ ।

गत असार मसान्तको तुलनामा यो २१.१ प्रतिशतको वृद्धि हो । गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी मुद्रा सञ्चिति पुससम्म बढेर ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो ।

‘अमेरिकी डलरमा यस्तो सञ्चिति पुस मसान्तसम्म २२ अर्ब ४७ करोड पुगेको छ । गत असारको तुलनामा यो १५.२ प्रतिशतको वृद्धि हो,’ राष्ट्र बैंकले भनेको छ, ‘२०८२ असार मसान्तमा यस्तो सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड थियो ।’ २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसाग रहेको विदेशी विनिमय सञ्चितिले २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । यस वर्ष राष्ट्र बैंकले ७ महिनालाई आयात धान्न पुग्ने बराबर विदेशी मुद्रा सञ्चिति कायम राख्ने लक्ष्य तय गरेको थियो ।

कान्तिपुर

Link copied successfully