दोहोरो अंकले घट्यो नेप्से, ९ अर्ब १० करोड रुपैयाँको कारोबार

कुल १ लाख १० हजार ७२८ पटकको सेयर किनबेचमा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

NEPSE drops by double digits, turnover stands at Rs 9.10 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १९.८५ अंकले घटेको छ । शून्य दशमलव ७३ प्रतिशतले बढेर नेप्से २६ सय ९४ दशमलव २० विन्दुमा ओर्लिएको छ । 

कुल ५० कम्पनीको सेयर मूल्य बढ्यो, २०१ कम्पनीको मूल्य घट्यो ९ कम्पनीको मूल्य स्थिर रह्यो । मूल्य बढ्नेभन्दा घट्ने कम्पनीहरुकव संख्या धेरै हुँदा समग्र नेप्से घटेको हो । 

कुल १३ उपसमूहमध्ये व्यापार मात्रै बढ्यो भने बाँकी उपसमूहहरु घटे । घट्ने उपसमूहमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, जीवन बिमालगायत रह्यो । होटल तथा पर्यटन १३२.३०, उत्पादन तथा प्रशोधन ७१.५ अंकले घट्यो ।

कुल १ लाख १० हजार ७२८ पटकको सेयर किनबेचमा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । उक्त कारोबारबाट २ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर किनबेच भए । गत बिहीबारको तुलनामा कारोबार रकम पनि घटेको छ । गत बिहीबार साढे १४ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

मिथिला लघुवित्तको सेयर मूल्य ९.७० अंकले बढेको छ । क्रेष्ट माइक्रो लाइफको ८.१९, एनआईबीएल ग्रोथ फन्डको ६.५१, शिवश्री हाइड्रोपावरको ६.०७ र आँखु खोला जलविद्युत् कम्पनीको ४.६२ प्रतिशतले सेयर मूल्य बढ्यो । 

सेयर मूल्य घट्ने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, कालिका पावर कम्पनी, हिम स्टार ऊर्जा कम्पनी, ट्रेड टावर रह्यो ।

कान्तिपुर

Link copied successfully