मौसम प्रतिकुलताका कारण ६ आन्तरिक विमानस्थल बन्द

यात्रीहरुलाई उडानको अवस्थाबारे अग्रिम जानकारी लिन विमानस्थल वा एयरलाइन्सहरुसँग सम्पर्क गर्न सुझाव दिइएको छ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

6 domestic airports closed due to adverse weather conditions

काठमाडौँ — आन्तरिक उडानमा मौसम प्रतिकुलताका कारण ६ विमानस्थल बन्द भएका छन् ।

काठमाडौं विमानस्थलका अनुसार अहिले बिहान १०ः ५० सम्म नेपालगञ्ज, जनकपुर, भरतपुर, तुम्लिङटार, धनगढी र राजविराज विमानस्थल बन्द छन्।

यद्यपि, पोखरा, भैरहवा, चन्द्रगढी, सिमरा र सुर्खेत विमानस्थल खुला भएका छन् । 

यात्रीहरुलाई उडानको अवस्थाबारे अग्रिम जानकारी लिन विमानस्थल वा एयरलाइन्सहरुसँग सम्पर्क गर्न सुझाव दिइएको छ।

मौसम प्रतिकुलताका कारणका कारण केही उडान स्थगित वा रद्द हुन सक्ने सम्भावना रहेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully