नेप्से परिसूचक ५.०८ अंकले बढ्यो

कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा घट्यो भने बाँकी उपसमूहहरू बढ्यो ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

NEPSE index rises by 5.08 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५.०८ अंकले बढेको छ । शून्य दशमलव १८ प्रतिशतले बढेर २७ सय ३१ दशमलव ५९ अंकमा उक्लिएको छ ।

कुल १४१ कम्पनीको मूल्य बढ्यो, ११२ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा घट्यो भने बाँकी उपसमूहहरू बढ्यो । 

कुल १ लाख २१ हजार ९९२ पटकको कारोबारमा २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । उक्त कारोबारमा ११ अर्ब ४९ करोड ३९ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully