सुनको मूल्य तोलाकै ३ लाख ९ हजार रुपैयाँ

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

The price of gold is Rs. 3 lakh 9 thousand per tola.

What you should know

काठमाडौँ — सुनको मूल्य तोलाकै ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्म कै उच्च हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला २८५ रुपैयाँले बढेको छ । आइतबार ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा पनि  सुनको मूल्यले ऐतिहासिक किर्तीमान कायम गरेको छ । पहिलो पटक सुनको मूल्य प्रति औंस ५ हजार डलर नाघेको हो । सन् २०२५ को तुलनामा सुनको मूल्य ६० प्रतिशतले वृद्धि भएको बीबीसी अंग्रेजीमा उल्लेख छ ।

ग्रीनल्यान्डलाई लिएर अमेरिका र नाटोबीचको तनाव र विश्वव्यापी वित्तीय र भूराजनीतिक अनिश्चितताका कारण सुनको म‌ूल्य वृद्धि हुन पुगेको हो । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका बजारलाई चिन्तित बनाएको छ । शनिबार ट्रम्पले क्यानडाले चीनसँग सम्झौता गरेमा १०० प्रतिशत भन्सार कर बढाउने चेतावनी दिएका छन् । 

सुन र अन्य बहुमुल्य धातुहरूलाई  सुरक्षित लगानीको रूपमा लिइने भएकाले अनिश्चितकालीन समयमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् । शुक्रबार चाँदी प्रति‍‍ औंस  १०० डलर पुगेको छ । जुन गत वर्षको तुलनामा १५० प्रतिशतले वृद्धि भएको हो ।

बहुमुल्य धातुको मूल्य बढ्नुका कारण  उच्च मुद्रास्फीति,  कमजोर अमेरिकी डलर, विश्वका  केन्द्रीय बैंकहरूले  खरिद गर्न थालेको र अमेरिकि केन्द्रिय बैंकले यश वर्ष ब्याजदर कटौती गर्ने आशंका छ ।

युक्रेन-गाजामा जारी युद्व, अमेरिकाले भेनेजुयलाको राष्ट्रपति निकोलस  मादुरोलाई नियन्त्रणमा लिएका घटनाले पनि सुनको मूल्य वृद्धि हुन मदत पुगेको छ । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अहिलेसम्म करिब २१६,२६५ टन सुन मात्र उत्खनन गरिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully