सानिमा बैंकका सीईओ आचार्यले गरे पदभार ग्रहण

आचार्यसँग बैकिङ क्षेत्रमा २१ बर्षदेखि काम गरेको अनुभव छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Sanima Bank CEO Acharya takes charge

काठमाडौँ — सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले आजदेखि पदभार सम्हालेका छन् ।

सानिमा बैंकको सञ्चालक समितिको २४ कात्तिक २०८२ मा बसेको बैठकको निर्णय बमोजिम आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

आचार्यसँग बैकिङ क्षेत्रमा २१ बर्षदेखि काम गरेको अनुभव छ । उनले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी जयपुरमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । यसअघि उनी सानिमा बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

कान्तिपुर

Link copied successfully