भन्सार नियमावली मन्त्रिपरिषद्मा जाँदैछ : अर्थमन्त्री खनाल

उनले भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले सहयोग गर्ने समेत बताए।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Customs regulations are going to the Council of Ministers: Finance Minister Khanal

काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन्।

 अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा खनालले निजी क्षेत्रलाई सहज बनाउनको लागि नयाँ भन्सार ऐन ल्याएको बताउँदै भन्सार ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि भन्सार नियमावली तर्जुमा गर्न लागेको जानकारी दिए। उनले भने, ‘त्यसैका लागि मन्त्रीपरिषदबाट नियमावली स्वीकृत गराउन लागिएको हो। सकभर आज मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्नेछ।’

अर्थमन्त्री खनालले मन्त्रिपरिषद्बाट प्रक्रिया पूरा गरेर नियमावली पास हुने बताउँदै निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै नै गर्न नपर्ने अवस्थामा जानुपर्ने बताए।

उनले भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले सहयोग गर्ने समेत बताए। खनालले आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयास गरिरहेको समेत बताए।

कान्तिपुर

Link copied successfully