एक तोला सुनलाई ३ लाख ३ हजार ८ सय

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४ सय थियो ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबारको तुलनामा आज प्रतितोला सुन २ हजार ४ सय र चाँदी २ सय ९० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३ हजार ८ सय र त्यति नै चाँदीको ६ हजार ४८० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १ हजार ४ सय र त्यति नै चाँदीको ६ हजार १९० कायम भएको थियो । 

कान्तिपुर

Link copied successfully